पोखरामा बसको ठक्करबाट एक महिलाको मृत्यु,तीन घाइते

हिमाली आवाज । पोखरामा आज बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नं.२७ डाँडाकोनाक स्थित बाग्लुङबाट भैरहवातर्फ जादै गरेको लु १ ख ८३५६ नं.को बस ब्रेक फेल भई ठक्कर दिँदा लेखनाथ महोत्सवमा गमला बिक्री गर्न आएकी भारत घर भई हाल लेखनाथमा बस्ने ३० वर्षीया इस्श्रावती कुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते इस्श्रावतीको उपचारका क्रममा पश्चिमाञ्ल क्षेत्रीय अस्पतालमा निधन भएको थियो ।

दुर्घटनामा बसमा सवार तनहुँ म्याग्दे गाउँपालिका वडा नं ८ का ३६ वर्षीय रामजी गन्धर्व, उहाँका श्रीमति ३० वर्षीया विष्णु गायक र पर्साका ४६ वर्षीय चिज माया गन्धर्ब घाइते भएको प्रहरीले जनाएको छ । घाईतेहरुको लेखनाथसिटी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Comments
Loading...