गणतन्त्र दिवसका अवसरमा सार्दिखोलामा खुला रक्तदान कार्यक्रम

हिमाली आवाज । गणतन्त्र दिवसको अवसरमा आज माछापुच्छ«े गाउँपालिका–२ स्थित सार्दिखोला बचत तथा ऋण सहकारी संस्थाको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ६२ युनिट रगत संकलन भएको छ ।

सार्दिखोला बचत तथा ऋण सहकारी संस्था लि. द्धारा हरेक बर्ष गणतन्त्र दिवसमा आयोजना गरिने सो कार्यक्रमले यस बर्ष पनि निरन्तरता पाएको हो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि साविक सार्दिखोला गा.वि.स.का पुर्व अध्यक्ष तथा संस्थाका सल्लाहकार हर्क बहादुर घर्तिले पहिलो रक्तदाता संस्थाका उपाध्यक्ष सन्तोष ताम्राकारलाई ब्लड ब्याग हस्तान्तरण गरि गर्नुभएको थियो ।

प्रमुख अतिथि घर्तिले माछापुच्छ«े गाउँपालिका भर कार्यक्षेत्र रहेको सार्दिखोला बचत तथा ऋण सहकारी संस्थाले गर्दै आईरहेको संस्थागत सामाजिक उतरदायित्व अन्तरगतका कार्यक्रमले यस क्षेत्रका वासिन्दाहरुलाई सहयोग पुगेको बताउनुभयो ।

उहाँले रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने पवित्र उद्धेश्य लिई आयोजना गरिएको रक्तदान कार्यक्रमको लागि संस्थालाई धन्यवाद दिँदै भविष्यमा अझ उत्कृष्ठ कार्यक्रमहरुको लागि पनि सुझाव प्रदान गर्नुभएको थियो ।

कार्यक्रमको उद्घाटन सत्र संस्थाका सचिव सपना कुमारी गुरुङले सञ्चालन गर्नुभएको थियो ।सो कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष गिरिधारी आचार्यले गर्नुभएको थियो ।

Comments
Loading...