अन्नपूर्ण गाउँपालिकाको आगामी वर्षका यस्ता छन् कार्यक्रम र प्राथमिकताहरु(पूर्ण पाठ सहित)

हिमाली आवाज । कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी वर्ष २०८२÷०८३ को वार्षिक नीति तथा कार्यक्रम आज गाउँसभामा प्रस्तुत गरेको छ ।
गाउँसभाको १८ औँ अधिवेशनमा आज गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले पालिकाको आगामी वर्षको नीति र कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
गाउँपालिकाले आगामी वर्ष “समृद्ध अन्नपूर्ण–सुखी अन्नपूर्ण वासी” भन्ने नाराका साथ विकासका योजनाहरुलाई मार्गदर्शन गर्न र श्रोत साधनहरुको उपयोगमा दिशानिर्देश गर्ने हेतु सहित नीति तथा कार्यक्रम तर्जुमा गरिएको अध्यक्ष केसीले बताउनुभयो ।
पालिकाले कृषि विकास,पशुपञ्क्षी तथा मत्स्य विकास,पर्यटन,उद्योग व्यापार तथा व्यवसाय विस्तार, सामाजिक विकास तथा स्वास्थ्य लगायतका क्षेत्रहरुलाई प्राथमिकता दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले हिमाली आवाजलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार आयतित तरकारीलाई निरुत्साहन गर्न र स्वस्थकर तरकारी उत्पादन र उपभोगलाई प्रवद्र्धन, गाउँपालिका क्षेत्र भित्र नयाँ पर्यटकीय पदमार्ग, पर्यटकीय क्षेत्रहरुको पहिचान, निर्माणलाई प्राथमिकतामा राखिएको छ ।
यसैगरी अन्नपूर्ण गाउँपालिकाका सबै वडाहरुलाई जोड्ने गरी प्रस्ताव गरिएको अन्नपूर्ण बृहद चक्रपथ सडक निर्माण आयोजनालाई गाउँपालिकाको गौरवको आयोजनाको रूपमा  सञ्चालन गरिने अध्यक्ष केसीले बताउनुभयो । यसैगरी चक्रपथ अन्तर्गत पर्ने सडकका कठिन घुम्ती र हिलो भईरहने सडक खण्डलाई प्राथमिकता दिई यातायातलाई १२ महिना सहज बनाइने पालिकाको कार्यक्रम छ ।
अन्नपूर्ण गाउँपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रमको पूर्ण पाठ यसप्रकार छ । 
Comments
Loading...