कास्कीको अन्नपूर्ण गाउँपालिकाको बजेट ६५ करोड माथि(पूर्ण पाठ सहित)

हिमाली आवाज । कास्कीको अन्नपूर्ण गाउँपालिकाले रु ६५ करोड १५ लाख ३४ हजार सात सय ७५ रकमको बजेट ल्याएको छ । गाउँसभामा मंगलबार उपाध्यक्ष चन्द्रकला अधिकारीले बजेट प्रस्तुत गर्नुभयो । विनियोजित बजेटमा चालूतर्फ रु ४३ करोड ३२ लाख ६२ हजार ७७५ र पूँजीगततर्फ रु २१ करोड ८२ लाख ७२ हजार रहेको छ ।

बजेटमा पूर्वाधार विकासका लागि रु १४ करोड ४३ लाख ७२ हजार,सामाजिक विकासका लागि रु ३२ करोड ६२ लाख ५० हजार, आर्थिक विकासतर्फ रु चार करोड ८१ लाख बजेट विनियोजन गरिएको छ । पालिकाले अन्नपूर्ण आधारभुत अस्पतालबाट विशेषज्ञ सहित स्वास्थ्य सेवा प्रदान गर्नका लागि बजेट विनियोजन गरेको छ ।

Comments
Loading...