हिमाली आवाज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले सोमबार राति १२ बजेपछिबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।
जस अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर ५ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ बढाएको निगमले जानकारी दिएको छ ।
निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर ७.६४ रुपैयाँ र डिजलमा ९.१३ रुपैयाँ बढेर आएको जानकारी दिएको छ ।
मुल्य बढेपछि काठमाडौँमा पेट्रोल प्रतिलिटर १६५ भएको छ भने डिजल तथा मट्टीतेलको प्रति लिटर १४९ भएको निगमले जनाएको छ ।