हिमाली आवाज । विशाल बचत तथा ऋण सहकारी संस्था लि पोखरा–४, कास्कीको विस्तारित बैठकबाट संस्थाको वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित गरिएको छ । १०३ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा संस्थाको विस्तारित बैठक बसेको थियो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत सुदीप ढकालले संस्थाको वित्तिय स्थिति विवरण एवम् विभिन्न कोषहरुको बारेमा र हालै राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा जारी मापदण्डका बारेमा जानकारी गराउनुभएको थियो ।
बैठकमा संस्थाका प्रमुख व्यवस्थापक शिव प्रसाद भट्टराईले आ.व. २०८२÷०८३ को लागि कूल १ अर्ब १० करोडको प्रस्तावित वासलात प्रस्तुत गर्नुभएको थियो । उक्त वासलात एवम् प्रस्तुत कार्यक्रमहरु माथि व्यापक छलफल गरी पारित गरिएको छ ।
कर्जा सूचना केन्द्र, कर्जा असुली न्याधिकरणको गठन प्रक्रिया लगायतका महत्वपूर्ण कार्यबाट सहकारी संस्था संचालनमा कानूनी जटिलताहरु क्रमशः न्यून हुँदै जाने जानकारी संस्थाका कानूनी सल्लाहकार वरिष्ठ अधिवक्ता जगन्नाथ ढकालले गराउनु भएको थियो ।

संस्थाका वरिष्ठ सल्लाहकार गोविन्द प्रसाद ढकालले सहकारी संस्था वासलातको आधार र धेरै लाभांस वितरणबाट मजबुत नहुने संस्था दिगो रुपमा संचालन हुनको निमित्त सम्पत्तिको गुणस्तर असल हुनुपर्ने बताउनुभयो ।
उहाँले संस्थागत पूँजीकोष बलियो भएमा हाल देखापरेको चुनौतीहरुले यस संस्थालाई कुनै पनि असर नपर्ने जानकारी गराउँदै त्यसका निमित्त सञ्चालक समिति, लेखासमिति र व्यवस्थापन त्यसतर्फ गम्भिर हुनुपर्ने धारण व्यक्त गर्नुभयो ।
विस्तारित बैठकमा संस्थाका निवर्तमान अध्यक्ष भूवन नेम्कूल, लेखा संयोजक रामकृष्ण दुवाडी लगायत विभिन्न उपसमितिहरुमा रहनुहुने सदस्यहरु र कर्मचारी वर्गहरुको समेत सक्रिय सहभागिता रहेको उक्त विस्तारित बैठक, संस्थाका सचिव प्रदिप कुमार मुल्मीले संचालन गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष शिव शर्माको अध्यक्षतामा भएको विस्तारित बैठकमा कोषाध्यक्ष ईन्द्रराज अर्यालले स्वागत, महिला उपसमितिका संयोजक ईउल कुमारी पुनले सहकारीका सात सिद्धान्त वाचन गर्नुभएको थियो । संस्थाका अध्यक्ष शिव शर्माले उपस्थित सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै कार्यक्रमको विधिवत रुपमा समापन गर्नुभएको थियो ।