पोखरामा उत्कृष्ट प्रविधिको टीभीएस ‘जुपिटर ११०’ काे बिक्री सुभारम्भ

हिमाली आवाज । पोखरा बजारमा यात्रा अनुभवलाई नयाँ स्तरमा पु¥याउने उद्देश्यले टीभीएसले लोकप्रिय स्कुटर टीभीएस जुपिटर ११० को नयाँ मोडल सार्वजनिक गरिएको छ।

पोखरामा आयोजित एक कार्यक्रममा टिभिएसको गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता स्क्वायर्स मोटर्सले स्कुटरको बिक्री शुभारम्भ भएको जनाएको हो ।

‘स्टाइल, माइलेज, प्रदर्शन, सुविधा र सुरक्षामा अझ बढी’ भन्ने दर्शनका साथ ल्याइएको यो नयाँ जुपिटर ११० ले यात्रालाई अझ सहज, सुरक्षित र रमाइलो बनाउने स्क्वायर्स मोटर्सका कार्यकारी अध्यक्ष आदर्शमान श्रेष्ठले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार सार्वजनिक गरिएको नयाँ जुपिटर ११० मा १५ वटा फस्र्ट–इन–क्लास र १४ वटा बेस्ट–इन–क्लास विशेषताहरू छन् । “ ग्राहकको रोजाइ र आवश्यकतालाई अझ प्रभावकारी रूपमा टिभिएस नयाँ जुपिटर ११० ले सम्बोधन गर्नेछ।” श्रेष्ठले भन्नुभयो ।
आधुनिक डिजाइन र उत्कृष्ट प्रविधि
नयाँ जुपिटर ११० मा इनफिनिटी लाइट बार, पियानो ब्ल्याक प्यानल, र चिल्लो आधुनिक डिजाइन रहेको छ। यसले यात्रालाई स्टाइलिश बनाउनुका साथै सुरक्षामा समेत ध्यान दिएको छ।

यसमा राखिएको ११३.३ सीसी को ४ स्ट्रोक, सिंगल सिलिन्डर इन्जिन ले ५.९ किलोवाट पावर र ९.८ एनएम टर्क प्रदान गर्छ। आइजियो एसिष्ट टेक्नोलोजीले स्कुटरलाई जब चाहियो तब बढी टर्क दिने भएकाले ओभरटेक गर्दा र चढाइहरूमा सहजता ल्याउनुका साथै यसले माइलेजमा १०% सुधार ल्याएको स्क्वायर्स मोटर्सका प्रवन्ध निर्देशक विनोज पोटेले बताउनुभयो ।

नयाँ जुपिटरमा बडी ब्यालेन्स २.० टेक्नोलोजी प्रयोग गरिएको छ, जसले स्कुटरलाई सजिलो सन्तुलन दिन्छ। इन्धन ट्याङ्कीलाई अगाडि सारेर तल्लो केन्द्रबिन्दु बनाइएको छ, जसले ट्राफिकमा थोरै गतिमा पनि स्कुटरलाई सजिलै सन्तुलन राख्न मद्दत गर्छ।

नयाँ जुपिटर ११० विभिन्न तीन कलरमा उपलब्ध छ ।यस स्कुटरको सुरुवाती मूल्य रू. दुई लाख ५७ हजार नाै सय रहेको कम्पनीले जनाएको छ । टिभिएसका बिक्री प्रवन्धक सन्तोष पोखरलले नयाँ जुपिटर ११० मा समावेश प्रविधिहरूले यात्रा सुरक्षित, टिकाउ र अझ सुविधाजनक बनाउने बताउनुभयो ।

Comments
Loading...