ऐतिहासिक टुँडिखेल तीज महोत्सवलाई बीवाईडीको मुख्य प्रायाेजन

हिमाली आवाज ।नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा आयोजना हुने तीज महोत्सवलाई विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीले साथ दिने दिने भएको छ ।

टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजनामा आउदो ६ देखि १५ भाद्रसम्म संचालन हुने तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ लाई बीवाईडीले मुख्य प्रायोजन गरि साथ दिने भएको हो ।
मुख्य प्रायोजनका गर्ने सम्झौता पत्रमा आयोजक केन्द्रकातर्फबाट अध्यक्ष भानुभक्त अधिकारी र बीवाईडीका तर्फबाट पोखरा शाखा प्रमुख निराजन खनालले हस्ताक्षर गर्नुभयो ।
सम्झौता पछि प्रमुख खनालले बीवाईडीले पर्यटकीय नगरि पोखरा महानगरपालिका वडा नम्बर १० स्थित बुद्ध चोकमा थ्रीएस (सेल्स, सर्भिस र स्पेयर) सुविधा सहितको आफनो नयाँ सोरुम शुक्रबारदेखि संचालनमा ल्याएको जानकारी दिनुभयो । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा. लि. ले पोखरामा आफनो २० औ सोरुम संचालनमा ल्याएको हो । नयाँ सोरुम स्थापना सगै नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजकाको अवसमा आयोजना हुने महोत्सवमा जोडिन पाउदा खुसी लागेको खनालले बताउनुभयो ।

आयोजक केन्द्रका अध्यक्ष अधिकारीले महोत्सव सम्पन्न गर्न बीवाईडी जस्तै व्यवसायिक संस्थाको साथ आवश्यक रहेको बताउँदै महोत्सव सम्पन्न गर्न साथ दिएकोमा केन्द्रको तर्फबाट धन्यवाद दिनुभयो ।

ऐतिहासिक टँुडिखेलको संरक्षण, परम्परागत नेपाली कला संस्कृतीको संरक्षण, महिला दिदी–बहिनीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी, नृत्य र संगीत मार्फत महिला सशक्तिकरणमा टेवा पुर्याउने, तीजलाई भड्किला नभई मौलिक तीजको रुपमा विकास गर्ने, लोपउन्मुख संस्कृतिको जगेर्ना, अन्तरनिहित प्रतिभाको लागि स्थान र वातावरण उपलब्ध गराउने, सस्कृतिक, खेलकुद तथा ज्ञानवद्र्धक एवम् मनोरञ्जनात्मक कार्यक्रम संचालन, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धना टेवा पुर्याउने, इन्द्रेणी एकेडेमीमा रहेका बालबालिकाहरुको समग्र स्तर उन्नति गर्ने, निर्माण सम्पन्न इन्द्रेणी आवाशिय क्रियाकर्म भवनलाईलाई सुविधासम्पन्न बनाउने, शव यात्रा वाहन सञ्चालन गर्ने लगायतका उदेश्य सहित महोत्सव आयोजना गर्न लागिएको अधिकारीले बताउनुभयो ।

१० दिने महोत्सवमा मौलिक तीजगीत प्रतियोगिता (आमा समूहगत), खुल्ला एकm नृत्य प्रतियोगिता, परम्परागत सिप ढिँकी जातो प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता समेत संचालन हुनेछन् ।

Comments
Loading...