हिमाली आवाज । नेपालका लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्वा मोटर्सले पोखरामा स्क्वायर मोटर्स प्रालि अन्तर्गत वल्र्ड क्लासको नयाँ थ्री एस(सेल्स,सर्भिस र स्पेयर) शोरुम सञ्चालनमा ल्याएको छ ।पोखराको नयाँबजारमा अवस्थित सो शोरुमको आज औपचारिक रुपमा उद्घाटन गरिएको हो ।
जगदम्वा मोटर्सको भाइस प्रेसिडेन्ट दीपक रौनियार, चिफ अपरेटिङ अफिसर दीपेन्द्र मिश्र तथा स्क्वार्यर मोटर्सका कार्यकारी अध्यक्ष आदर्शमान श्रेष्ठ र प्रवन्ध निर्देशक विनोज पोटेले रिवन काटेर शोरुम उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा जगदम्वा मोटर्सका भाइस प्रेसिडेन्ट रौनियारले पश्चिम नेपालमा टिभिएस ब्राण्डको उपस्थितिलाई अझ मजबुत बनाएको बताउनुभयो । “ पोखरा सदैव जीवनशैली, साहसिकता र युवा संस्कृतिको केन्द्र रहँदै आएको छ । यो विस्तारसँगै हामी केवल शोरुम खोलेका होइनौँ, बरु यस्तो केन्द्र सिर्जना गरेका छौँ, जहाँ राइडरहरुले विश्वस्तरीय प्रोडक्ट, भरपर्दो सर्भिस र आफ्ना आकांक्षालाई बुझ्ने ब्राण्डसँग जोडिन सक्नेछन् ।”
टिभिएस इभीका इन्टरनेशनल मार्केटिङ अफिर विक्रान्त ठाकुरले टिभिएस सर्वाधिक रोजाईको ब्राण्ड बनेको बताउनुभयो ।
स्क्वायर्स मोटर्सका कार्यकारी अध्यक्ष आदर्शमान श्रेष्ठले थ्री एस शोरुमबाट ग्राहकहरुलाई विश्वस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले भन्नुभयो,“ग्राहकहरुले अव एकै छानामुनि बिक्री, दक्ष सर्भिस सुविधा र जिन्युइन स्पेयर पार्टस्को सम्पूर्ण अनुभव लिन सक्नेछन । ”
शोरुम उद्घाटनका अवसरमा आजनै टिभिएसका तीन नयाँ प्रोडक्ट पनि सार्वजनिक गरिएको छ । टिभिएस एन्टर्कका तीन नयाँ स्कुटरले पोखरेली राइडरलाई अझ बडी शक्ति, स्टाइल र रोमाञ्च दिने स्क्वायर मोटर्सका प्रवन्ध निर्देशक विनोज पोटेले बताउनुभयो ।
प्रवन्ध निर्देशक पोटेले टिभिएस गण्डकी प्रदेशमा सर्वाधिक विक्री हुने ब्राण्ड बनेको बताउनुभयो । उहाँले टिभिएस ग्राहकको मनपर्ने र विश्वासिलो दुई पाङग्रे ब्राण्डहरु मध्ये एक बनेको बताउँदै स्टाइल, प्रदर्शन र उन्नत प्रविधिले ग्राहकलाई आकर्षित गरेको बताउनुभयो ।