हिमाली आवाज । पोखराको बजारमा टिभिएस ब्राण्डका दुई नयाँ मोटरसाइकलको बिक्री शुभारम्भ गरिएको छ ।
पोखराका लागि टिभिएसको आधिकारिक बिक्रेता स्क्वायर्स मोटर्स प्रालिले मंगलबार पोखरामा एक कार्यक्रम गरी टिभिएस अपाचे आरटीआर १६० टुभी एफआई र टीभीएस रेडर आइगोे मोटरसाइकलको बिक्री सुरू गरेको हो ।
यी दुबै मोटरसाइकलको स्क्वायर्स मोटर्सका प्रवन्धक निर्देशक विनोज पोटेले लन्चिङ गर्नुभयो । कम्पनीले टीभीस अपाचे आरटीआर १६० टुभी एफआईको मूल्य ३ लाख ४४ हजार ९०० र रेडर आइगोको ३ लाख नौ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो । यी दुवै नयाँ मोडल अत्याधुनिक प्रविधियुक्त र नवीन डिजाइनका छन् ।टीभीएस अपाचे आरटीआर १६० टुभी एफआई बलियो रेसिङ परम्परा सहित डिजाइन गरिएको छ ।

गति, प्रदर्शन र सुरक्षाको उत्कृ संयोजन रहेको आरटीआर १६० टुभी एफआईमा डुअल डिस्क ब्रेक, सिंगल–च्यानल एबीएस, कनेक्टेड डिजिटल क्लस्टर, एएचओ एलईडी हेडलाइट र अर्वान, स्पोर्ट र रेन गरी तीन राइड मोड जस्ता फिचर रहेको टिभिएसका बिक्री प्रवन्धक सन्तोष पोखरेलले हिमाली आवाजलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार यसमा १५९.७ सीसी सिंगल सिलिण्डर, एयर कुल्ड, फोेर स्ट्रोक, एसओएचसी, एफआई इन्जिन छ । यसले अधिकतम १६.४ पीएस र १३.३२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स छ ।
यसैगरी टीभीएस रेडर आइगो युवा पुस्ताका राइडरका लागि लक्षित मोटरसाइकल हो ।यसले जेनजी राइडरहरूका लागि सहजता, प्रदर्शन र स्मार्ट सुविधासहितको उत्कृष्ट विकल्प प्रस्तुत गर्दछ।
रेडर आइगोमा १२४.८ सीसी एयर र आयल कुल्ड थ्री भी इन्जिन दिएको छ । जसले ७५०० आरपीएममा ११.३८ पीएस र ६००० आरपीएममा ११.२ एनएम र्टक जनरेट गर्दछ ।
साथै, कम्पनीले यसमा ‘बुस्ट मोड’ दिएको छ । जसले बाइकमा ०.५५ एनएम टर्क बढाउन मद्दत गर्छ भने ५.८ सेकेन्डमा ० देखि ६० किलोमिटर प्रतिघण्टको गतिमा गुड्न सक्छ ।
कम्पनीले यसमा टेलिस्कोपिक फोर्क, सेन्सर स्ट्यान्ड, भ्वाइस एसिस्ट, टर्न बाइ टर्न नेभिगेसन, कल ह्यानडेलिङ र नोटिफिकेसन म्यानेजमेन्ट जस्ता फिचर दिएको छ ।
यो मोटरसाइकलमा टीएफटी डिजिटल क्लस्टर, आइगो स्टार्ट–स्टप प्रविधि, स्पोर्टी स्प्लिट सिट, दमदार स्टाइलिङ र गतिशील सवारी गुणस्तर जस्ता फिचर छन् ।
स्क्वायर्स मोटर्सका प्रवन्ध निर्देशक विनोज पोटेले टिभिएसले पोखरामा यी दुई नयाँ मोटरसाइकलका साथ नयाँ र उत्साहजनक यात्रा सुरू गरेको बताउनुभयो ।
“यी मोटरसाइकलहरूले बजारमा उत्कृष्ट प्रदर्शन र डिजाइन प्रदान गर्नुका साथै हाम्रा युवा राइडरहरूको बदलिँदो लक्ष्यलाई पनि प्रतिबिम्बित गर्छन् । नेपालमा पहिलेदेखि नै उपलब्ध अपाचे सिरिजको रेसिङ विरासतलाई कायम राख्दै आगामी दिनमा समेत युवा पुस्ताका लागि यी रोजाइको बाइक बन्ने विश्वास लिएका छौँ ।” प्रवन्ध निर्देशक पोटेले भन्नुभयो ।


