हिमाली आवाज । नेपालको सवैभन्दा पुरानो र प्रजातान्त्रिक दल नेपाली नेपाली कांग्रेस अन्ततः विभाजित भएको छ। महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरूले विशेष महाधिवेशन गरेरै छाड्ने अडानबाट ‘ब्याक’ नहुँदा र संस्थापननिकटले विशेष पक्षधरले अघि सारेका केही माग स्वीकार्न तयार नभएपछि कांग्रेस विभाजित भएको हो।
काँग्रेस केन्द्रीय समितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मूल्ला मन्सुरलाई पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा कारबाही गरेसँगै पाटी फुटेको हो ।
यसैगरी नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरहरुले गगन थापालाई पार्टी सभापति घोषणा गर्दैछन् । यही पुस २७ देखी थापा र शर्माको अगुवाईमा काँग्रेसको विशेष महाधिवेशन राजधानीमा चलिरहेको छ ।
काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा आज सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले पार्टी विधान र हितविपरीत गतिविधिमा संलग्न रहेको आरोपमा पार्टी सदस्यबाट पाँच वर्षका लागि उनीहरूलाई निष्कासन गरेको केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो ।
महामन्त्री थापा र शर्मा तथा सहमहामन्त्री मन्सुरले कांग्रेसको विशेष महाधिवेशन पक्षद्वारा आह्वान गरिएको विशेष महाधिवेशनको अगुवाइ गर्नुका साथै नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाउने कार्यमा संलग्न रहेको आरोप छ ।
बैठकबाट बाहिरिनेक्रममा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गरी पेस गरेको १५ औँ महाधिवेशनको कार्य तालिकासहित सबै निर्णयहरु पारित गरेको जानकारी दिनुभयो ।

