हिमाली आवाज । हरेक बर्ष झैं यस पटक पनि अर्मलाकोट पर्वतिय दौड हुने भएको छ । १० औं संस्करणको दौड पोखराको केआईसिंहपुल देखि अर्मलाकोट सम्म १२ कि.मि पर्वतिय दौड हुने पर्वतिय दौडका संयोजक जुम प्रसाद गुरुङले जानकारी दिनुभयो ।
माघ ९ गते बिहान ७ बजे पोखराको केआईसिं पुल बाट सुरु भई बाटुलेचौर, महेन्द्रगुफा, घार्मीखोला हुंदै डि गाऊं, टाडा बिसाउने, पात्लेहुंदै अर्मलाकोट पुगेर सम्पन्न गरिने गरि रुट तय गरिएको आयोजकले जानकारी दिएको छ ।दौड प्रतियोगिता सम्पन्न गर्नका लागी जुम गुरुङको संयोजकत्वमा ५१ सदस्यीय मुल आयोजक समिती रहेको छ ।
त्यसैगरि प्रतियोगिता सम्पन्न गर्नका लागी अर्मलाका पुराना बासिन्दा हाल बेलायतमा रहनुभएका महानुभावहरुले आर्थिक सहयोग गरेकाछन । यसका लागी जित बहादुर गुरुङको समन्वयमा किरण गुरुङले आर्थिक संयोजकको भुमिका निर्वाह गर्नुभएको छ ।
प्रतियोगिता सम्पन्न गर्न बिभिन्न उपसमिती समेत गठन गरिएको छ । त्यसका लागी स्वयंसेवक समिती संयोजकमा गंगा बहादुर गुरुङ, पुरस्कार ब्यवस्थापन संयोजकमा ईश्वर गुरुङ, भोजन ब्यवस्थापन संयोजकमा भिम गुरुङ, रुट (बाटो) ब्यवस्थापन संयोजकमा उदिम गुरुङ रहेकाछन् । संघ संस्था समन्वय संयोजकमा बबिन गुरुङ, प्रचार प्रसार संयोजकमा अमृत परियार, मन्च ब्यवस्थापन संयोजकमा सचिन परियार, स्वास्थ्य संयोजकमा सोम परियार, अतिथी सत्कार संयोजकमा सूर्य सुबेदी रहनुभएको छ । त्यसैगरि अतिथी सत्कारको जिम्मेवारी अर्मलाकोट होमस्टे समिती, र अर्मला आमा समुह र सचिवालय ब्यवस्थापन संयोजकमा ईश्वर गुरुङ हुनुहुन्छ ।
दौड प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार नगद, मेडल र प्रमाणपत्र, द्दितिय हुनेलाई २० हजार नगद, मेडल र प्रमाणपत्र त्यसैगरि त्रित्तिय हुनेलाई १५ हजार नगद, मेडल र प्रमाणपत्र र सान्त्वना १० हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको अर्मलाकोट क्लबले जानकारी दिएको छ । प्रतियोगितामा वडा नम्बर १६ स्तरिय दौड पनि हुने भएको छ ।
स्थानिय सिद्द बराह (म्हउदु बराह) को भब्य पुजा हुने श्रीपन्चमीको दिनमा हुने कार्यक्रममा पर्वतिय दौडका साथै गाउंस्तरिय भलिबल प्रतियोगिता,छेलो प्रतियोगिता समेत हुने र यसका लागी सम्पुर्ण तयारी पुरा भएको पर्वतिय दौडका संयोजक जुम गुरुङले जानकारी दिनुभयो ।

