हिमाली आवाज । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज कास्की सहित देशभर शान्तिपूर्ण रुपमा उम्मेदवारको मनोनयन सम्पन्न भएको छ ।राजनीतिक दलहरुले उत्साहपूर्ण रुपमा उम्मेदवारी दर्ता गराएका हुन् । दलहरु विगतमा जस्तै मनोनयन जुलुस सहित सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराए।
प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा ४४ पुरुष र पाँच जना महिला गरी ४९ जना चुनावी मैदानमा उत्रिएका छन् । जसमा १८ जटा राजनीतिकका र स्वतन्त्र छ जना छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा पुरुष १६ र महिला १ गरी १७ जना, क्षेत्र नं २ मा पुरुष १६ र महिला १ गरी १७ जना र क्षेत्र नं ३ मा पुरुष १२ र महिला ३ जनाले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

कास्की–१ मा नेपाली कांग्रेसबाट तीलक रानाभाट, नेकपा एमालेबाट बैनबहादुर अधिकारी क्षेत्री, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट राजकाजी गुरुङ (करण), राष्ट्रिय स्वतन्त्र पार्टीबाट खड्कराज पौडेल (गनेस), उज्यालो नेपाल पार्टीबाट मनिषा द्वा, श्रम संस्कृति पार्टीबाट बिलबहादुर तामाङ, विप्लव नेतृत्वको नेकपा माओवादीबाट कुमार परियार, राष्ट्रिय जनमोर्चाबाट रविमोहन ढकाल, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट कर्णबहादुर गुरुङ, मंगोल नेसनल अर्गनाईजेसन पार्टीका श्रीमान थापा मगर, नेपाल मानवतावादी पार्टीबाट आशबहादुर दमै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बाबुराम थापा, नेपाल जनमुक्ति पार्टीबाट मिनबहादुर दर्जी, नेसनल रिपब्लिक पार्टीबाट यज्ञबहादुर गुरुङ, आम जनता पार्टीबाट हर्कबहादुर थापा र स्वतन्त्रबाट कृष्णबहादुर राउतले उम्मेदवारी दर्ता गराउनुभयो ।

कास्की–२ मा नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला, एमालेका रस्मी आचार्य, नेपाली कम्युनिष्ट पार्टीबाट हेमबहादुर थापा (आमोद), रास्वपाबाट उत्तम पौडेल, उज्यालो नेपाल पार्टीबाट कुशल गुरुङ, राप्रपाबाट हेमजङ गुरुङ, मंगोल नेसनल अर्गनाइजेसनका ओलबहादुर गुरुङ, नेपाल मजदुर किसान पार्टीका विनिता अवाल, नेपाल जनमुक्ति पार्टीका ख्यामबहादुर गुरुङ, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट दीपक भण्डारी, नेपाल कम्युनिष्ट पार्टीबाट (माओवादी)बाट प्रेमबहादुर थापा र नेसनल रिपब्लिक नेपालबाट ज्ञानराज गुरुङले उम्मेदवारी दिनुभयो । स्वतन्त्र उम्मेदवारका रुपमा विष्णुप्रसाद तिवारी, निरञ्जन कोईराला, निर्दोषविक्रम पौडेल, रामचन्द्र आचार्य र वसन्तराज घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
कास्की–३ मा कांग्रेसबाट मनोज गुरुङ, एमालेबाट दामोदर पौडेल (बैरागी), नेकपाबाट गोपाल गिरी, रास्वपाबाट बिना गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अर्जुनप्रसाद खनाल, नेपाल मात्रिभूमि पार्टीबाट ओमप्रकाश विश्वकर्मा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट कमल खड्का विश्वकर्मा, आम जनता पार्टी (आजपा)बाट कुसल थापा क्षेत्री, मंगोल नेसनल अर्गनाईजेनबाट जीवनबहादुर गुरुङ, संयुक्त नागरिक पार्टीबाट टेकबहादुर सार्की र उज्यालो नेपाल पार्टीबाट तर्कबहादुर गुरुङले उम्मेदवारी दिनुभयो । त्यस्तै, नेसनल रिपब्लिक नेपालबाट तिरथ गुरुङ, नेपाल जनमुक्ति पार्टीबाट मिनबहादुर थापा, नेपाल मजदुर किसान पार्टीबाट मिना न्हिसुतु र श्रम संस्कृति पार्टीबाट हितकाजी गुरुङले उम्मेदवारी दिनुभएको छ ।
कास्की जिल्लामा उम्मेदवारी दर्ता गरेकाहरुकाे विवरण :


