उपकार बचतको स्थापना दिवसमा मानवसेवा आश्रममा भोजन

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नम्बर– ६ बैदाममा अवस्थित उपकार बचत तथा ऋण सहकारी संस्थाले बुधबार आफ्नो १७ औँ स्थापना दिवस मनाएको छ । सोही अवसरमा सहकारी संस्थाले पोखरा महानगर पालिका वडा नं– २५ मा रहेको मानवसेवा आश्रममा आश्रितहरूलाई बिहानको खाना खुवाएर सहकारीले स्थापना दिवस मनाएको हो ।

अध्यक्ष सूर्यनाथ पहारीले संस्थाले विगतका स्थापना दिवसमा सामाजिक उत्तरदायित्व अन्तरगत फेवा ताल सरसफाइ, रक्तदान कार्यक्रम का साथै विद्यालयमा न्यानो कपडा वितरण गरेको स्मरण गर्नुभयो ।
उहाँले यो वर्ष आश्रममा निस्वार्थ भावले नाना, खाना र छानाबाट वञ्चित भएका आश्रममा रहने बेसहाराहरूको सम्मानस्वरूप बिहानको भोजन गराउन पाएको खुशी व्यक्त गर्नुभयो ।
मानव सेवा आश्रम हेम्जाका व्यवस्थापन समितिमा प्रमुख रामजी अधिकारीले संस्थाको स्थापना दिवसका अवसरमा आश्रममा आश्रित परिवारलाई खाना खुवाएर असल कर्म गरेको भन्दै उहाँले कार्यक्रम सफलताको शुभकामना संगै धन्यवाद दिनुभयो ।

संस्थाका अध्यक्ष पहारीको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन गरिएको थियो । सहकारीले आश्रममा आश्रित १ सय ९० जनालाई बिहानको खाना खुवाएको थियो । कार्यक्रममा उपाध्यक्ष सुन्दरराज पहारी सचिव कृष्ण कुमारी पौडेल र कोषाध्यक्ष बैकुण्ठ तिमिल्सिना लगायत संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

Comments
Loading...