हिमाली आवाज । पोखराका युवा क्रियाशील पत्रकार एवं राष्ट्रिय समाचार समिति(रासस) का गण्डकी प्रदेश कार्यालय प्रमुख वासुदेव पौडेल सम्मानित बन्नुभएको छ ।
गण्डकी प्रदेशकै प्राचीन विद्यालय संस्कृत माध्यमिक विद्यालय( स्था.वि.सं १९५८) को १२५ औं अभिभावक दिवसका अवसरमा पौडेललाई दोसल्ला र सम्मानपत्र सहित पोखरा महानगरपालिका शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीले संयुक्त रुपमा सम्मान गर्नुुभएको हो ।
पत्रकारिताको माध्यमबाट संस्कार सहितको शिक्षा, समाज, संस्कृति र जनसरोकारका विभिन्न विषयहरूमा निर्भीक र निष्पक्ष रुपमा कलम चलाउँदै चेतनशील समाज निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उहाँलाई सम्मान गरिएको हो ।
पत्रकार पौडेलले यसअघि पनि विभिन्न संघ संस्थाको सम्मान र पुरस्कार प्राप्त गर्नुभएको छ । पोखरामा दुई दशक भन्दा अघिदेखी पौडेल पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ । पर्यटन र खोजमुलक पत्रकारितामा पौडेलको विशेष रुची रहेको छ ।

