प्रतिनिधिसभा सदस्य निर्वाचन: समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

हिमाली आवाज ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानो ठिमीमा आज समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजार प्रति मतपत्र छपाई कार्य सम्पन्न भएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिनुभयो ।

केन्द्रले आजैबाट प्रत्यक्षतर्फको मतपत्र छपाई कार्य सुरु गर्ने उहाँले जानकारी दिनुभयो । केन्द्रले यसअघि १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाई पठाइसकेको जनाएको छ ।

Comments
Loading...