साफ यु–१९ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

हिमाली आवाज । १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ ।
पोखरा रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा साविक विजेता बङ्गलादेशमाथि ४–० को फराकिलो अन्तरको जित निकाल्दै भारत च्याम्पियन बन्यो ।

भारतले खेलको पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो । खेलको ४२ औँ मिनेटमा कप्तान जुलान नोङमेथेमले गोल गरेर अग्रता बनाउनुभएको थियो । एलिजावेद लार्काले ६३ औँ मिनेटमा अग्रता दोब्बर बनाउनुभयो ।

भारतले खेलको ६८ औँ मिनेटमा पेनाल्टी पायो र पर्ल फर्नान्डेजले गोल गर्नुभयो । अन्विता रघुरमनले ८३ औँ मिनेटमा गोल गरेपछि भारतले फराकिलो अन्तरको जित निकाल्न सफल भयो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको उपाधि बङ्गलादेशकी अल्पी अक्तरले पाउनुभयो । उत्कृष्ट गोल रक्षक भारतकी मुन्नी बन्दा फेयर प्ले अवार्ड भारतले पाएको छ ।

यही माघ १७ गतेदेखी सञ्चालन भएको प्रतियोगितामा नेपाल सहित भारत, बङ्गलादेश र भुटान गरी चार टोलीको सहभागिता थियो ।

Comments
Loading...