हिमाली आवाज । पोखराबाट काठमाडौं जाँदै गरेको बस आज विहान धादिङको चरौदीबाट त्रिशुली नदीमा खसेर दुर्घटना हुँदा ठूलो मानविय क्षति भएको छ ।
दुर्घटनामा १८ जनाको मृत्यु र २५ जना घाइते भएका छन्। धादिङको बेनीघाट रोराङ गाउँपालिकाको चरौदी नजिकै रहेको चाइनाधाराबाट सोमबार बिहान १ बजेतिर ग२ख १४२१ नम्बरको बस त्रिशूलीमा खसेको हो ।
नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीयवासीद्वारा उद्धार कार्य भइरहेको छ । घटना राति भएकोले उद्धार कार्यमा कठिनाइ भइरहेको छ । घटनाको विस्तृत विवरण पनि आइसकेको छैन ।
दुर्घटनामा परेको बस पृथ्वीराजमार्ग बस कम्पनी प्रालिको रहेको कम्पनीका अध्यक्ष एनकुमार साइले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार साँझ ७ बजे पोखराको पर्यटक बसपार्कबाट ३४ यात्रु र दुई जना चालक दलका सदस्य लिएर बस छुटेको थियो । बसमा बाटोमा अन्य यात्रु चढेको हुन सक्ने अनुमान गरिएको साइले बताउनुभयो ।


