हिमाली आवाज । पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रको आयोजना नेपाली युवा उद्यमी मञ्च कास्कीको सहकार्यमा सञ्चालित पोखरा आइडिया मार्ट २०२६ को अन्तिम प्रस्तुतिकरण बुधबार सम्पन्न भएको छ ।सात दिन को बुट क्याम्प पछि ४० जनाको सहभागिता रहेको कार्यक्रमको प्रस्तुतीकरणमा ११ वटा टिम सहभागी थिए ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस्ता कार्यक्रमले युवा लाई आइडिया निर्माणमा र उद्यमशीलता विकासमा सहयोग पुग्ने बताउनुभयो ।
आँफूहरूले सञ्चाल गरेको यो कार्यक्रम चौथो संस्करणसम्म आइपुग्दा यस भन्दा अगाडिका आइडियाहरुमा धेरै उद्यमी बनिसकेको बताउँदै उहाँले महानगरका तर्फबाट उहाँहरूलाई सबै किसिमको सहयोग गर्दै आएको बताउनुभयो । यो कार्यक्रम नेपालमा सरकारी तवरबाट पहिलो रहेको महानगर प्रमुख आचार्यको भनाइ छ ।
कार्यक्रममा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले यस्ता कार्यक्रमले पोखरा लाई आइडिया निर्माणमा ठूलो सहयोग गर्दै आइरहेको बताउनुभयो । यो कार्यक्रम महानगरपालिकाको ७०% र नेपाली युवा उद्यमी मञ्च ३०% लागत साझेदारीमा सञ्चालन गरिएको हो ।
प्रस्तुतीकरणको निर्णयक(जज) मा मीड टाउनका सञ्चालक निकेश दुवा, होटल मेजेस्टिक लेक फ्रन्ट र बी जी वि रेस्टुरेन्ट सञ्चालक सुनिलबहादुर भट्टराई र ग्लोबल हबका संदिप मानन्धर रहनुभएको थियो ।
नेपाली युवा उद्यमी मञ्च कास्कीका अध्यक्ष समेजराज भण्डारीको सभापत्वि एवम् लुस्कानराज श्रेष्ठ कार्यक्रम संयोजक रहेको कार्यक्रममा व्यवासाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारी, चेम्बर अफ कमर्स कास्की अध्यक्ष उमराज बास्तोला , मञ्चका पूर्व अध्यक्ष श्री सुयास मल्ल र केन्द्रिय सदस्य वेदीका मुरारका लगायतले बोल्नुभएको थियो ।
प्रतियोगितामा ११ वटा टिम मध्येबाट हिमेक्साका रविन पौडेल र दीपक पनेरु विजेता बन्नुुभएको छ भने पहिलो रनर अपमा द डाएनामिक ड्युओमा सुजन लामिछाने र विक्रम कुँवर, दोस्रो रनर अपमा अर्गानिक साइकलका ओसन मगर, गौतम राजा र निर्मला सुवेदी तथा तेस्रो रनर अपमा आमाबा केयरका अनुजा गौतम र जगतजननी अधिकारी विजयी बन्नुुभएको छ ।
उहाँहरूको समूहले क्रमशः एक लाख लाख ५०हजार ,४० हजार, ३० हजार र २० हजार रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गर्नुभयो ।
