सरकारले ल्यायो २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट

हिमाली आवाज । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि आज बजेट ल्याएको छ । सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सदनमा प्रस्तुत गरेको हा ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दुवै सदनको संयुक्त बैठकमा आगामी आवको आय र व्ययको अनुमान प्रस्तुत गर्नुभयो । अर्थमन्त्री वाग्लेले चालूतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९.८ प्रतिशत बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

त्यसैगरी पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड अर्थात् कुल विनियोजनको २०.३ प्रतिशत तथा वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब ६४ करोड अर्थात् १९.९ प्रतिशत बजेट छुट्याएको मन्त्री वाग्लेले बताउनुभयो । यो बजेट चालू आवको संशोधित अनुमानको २५ प्रतिशत बढी हो। चालू आर्थिक वर्षका लागि गत जेठ १५ मा तत्कालीन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट ल्याउनुभएको थियोे ।

Comments
Loading...