विजयपुर खोलाले बगाएका दुई बालक फेला परेनन्

हिमाली आवाज । पोखराको विजयपुर खोलाले आज बगाएर बेपत्ता भएका दुई बालकको परिचय खुलेको छ ।बेपत्ता हुनेमा स्याङ्जाको विरुवा गाउँपालिका–७ घर भई हाल पोखरा–१४ छिनेडाँडा बस्ने चन्द्रबहादुर गुरुङको छोरा १४ वर्षीय निकसन गुरुङ र खोटाङ स्थायी घर भई हाल पोखरा–१४ चाउथे बस्ने सुवास राईको १५ वर्षीय छोरा ओमन राई रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार बालकहरुको खोजीका लागि अहिले विजयपुर खोलाको दुबैतर्फ प्रहरी परिचालन गरिएपनि फेला पार्न सकिएको छ । “विजयपुर नहरको पानी बन्द गरेर समेत अहिले बगाएका बालकको खोजी गरिरहेपनि केही फेला पार्न सकेका छैनौँ, खोजतलास भइरहेको छ । ” सहायक प्रजिअ बरालले भन्नुभयो ।

पोखरा–१४ को विजयवस्तीबाट विजयपुर खोला तरेर पोखरा–२६ सक्नेरीतर्फ जाने क्रममा भगवती हाइड्रोपावर नजिक उनीहरुलाई दिउसो १ बजेतिर खोलाले बगाएको थियो ।

घटनाको सूचना लगत्तै जिल्ला प्रहरी कार्यालयय, इलाका प्रहरी कार्यालय शिशुवा, वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी खोजीमा खटिएका छन् ।
यसैगरी सशस्त्र प्रहरी बेसक्याम्प कुँडहरबाट खोताखोर सहित नौ जनाको टोली समेत खोजी र उद्धारका लागि परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Comments
Loading...