हिमाली आवाज । अविरल वर्षाका कारण हेम्जाको मिलनचोक–मेलबोट हुँदै माछापुच्छ्रे गाउँपालिका जाने सडक अवरुद्ध भएको छ।
वर्षाका कारण सडकमा थप क्षति तथा जोखिम बढ्न सक्ने भएकाले आज राति सडक खुलाउन सम्भव नभएको माछापुच्छ्रे गाउँपालिका–४ का वडाध्यक्ष मधुसुदन अधिकारीले जानकारी दिनुभयो । उहाँले यात्रु तथा सर्वसाधारणलाई सुरक्षालाई ध्यानमा राख्दै वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह समेत गर्नुभएको छ ।
माछापुच्छ्रे गाउँपालिकाबाट पोखरातर्फ आउने यात्रुहरूलाई घाचोक हुँदै यात्रा गर्न अनुरोध गरिएको छ। सडक पूर्ण रूपमा सुचारु नहुँदासम्म अवरुद्ध सडकमा अनावश्यक जोखिम मोलेर यात्रा नगर्न र सुरक्षित यात्रा गर्न वडाध्यक्ष अधिकारीले विशेष अपिल गर्नुभएको छ ।
