हिमाली आवाज । पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा आज दिउसो स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा म्याग्दीको मंगला गाउँपालिका दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै रघुगङ्गा गाउँपालिका –३ का २६ वर्षीय मोहन परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक रामजी देवकोटाले जानकारी दिनुभयो ।

पोखरा–५ जिरो किलोमिटर नजिक दिउँसो अन्दाजी २ः५० बजेको समयमा रोकिराखेको लु ३ च ५२७४ नम्बरको बोलेरो जिपमा ग २३ प १७१६ नम्बरको स्कुटर पछाडिबाट ठोक्किदाँ गम्भीर घाइते दुबै जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएको थियो । उपचारका क्रमममा चिकित्सकले दुबैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
बोलेरो जिपका चालक पोखरा–२८ कालिका बस्ने ४८ वर्षीय अृमत बजगाई र दुबै सवारीसाधनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक देवकोटाले जानकारी दिनुभयो ।
