जनयुद्धका शहीदको सम्झनामा पोखरामा बन्यो ‘शहीद स्मृति गेट’

हिमाली आवाज । पोखरा महानगरपालिका वडानं ३१ वेगनास भञ्ज्याङमा शहीद इन्दिरा तिवारीको सम्झनामा सहिद स्मृति गेट निर्माण गरिएको छ ।

सोमबार शहीद इन्दिराको १९औं स्मृति दिवसको अवसरमा नेकपा माओवादी केन्द्र पोखरा ३१ ले आयोजना गरेको एक कार्यक्रमकाबीच नेकपा माओवादी केन्द्रका युवा नेता एवं गण्डकी प्रदेश सभाका सदस्य दीपक कोइराला (रुपक)ले स्मृति गेटको उद्घाटन गर्नुभयो । गण्डकी प्रदेश सभाको अर्थ तथा विकास समितिका सभापति समेत रहनु भएका कोइरालाले देशमा भएका महत्वपूर्ण राजनैतिक परिर्वतनहरु महान सहिदहरुको योगदानको कारण भएको बताउनु भयो ।

जनयुद्धका महान् शहिदहरुलाई प्रचण्ड प्रधानमन्त्री हुदा सकारले राष्ट्रिय सहिद घोषणा गरेपनि राजपत्रमा प्रकाशित गर्न छुटेकोले कार्यान्वयन हुन नसकेको उहाँको भनाई थियो । सांसद कोइरालले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तरर्गत आफुले पाँचलाख बजेट विनियोजन गरेर अहिले गेट र सहिदपार्कमा टष्ट निर्माण गरिएको बताउनु भयो । कोइरालाले रुपामा पनि सहिदपार्क निर्माण भइरहेको जानकारी दिनु भयो । कोइरालाले सहिदको सम्मानको लागि आफ्नो ठाउँबाट सके जति गर्ने प्रष्ट पार्नु भयो।

नेपाल कम्युनिष्ट पार्टी माओवादी कास्की सचिव बखान सिंह तमु आभाषले इन्दिरा तिवारी संगको सहकार्यको स्मरण गर्नुभएको थियो । बखानले पार्टीकामको शिलशिलामै हिड्दै गर्दा रहदा स्याङ्जाको आधिघाट कुवाकोटमा सेनाले नियन्त्रणमा लिएर २०५९ साउन ४ गते इन्दिरा र लक्ष्मी गुरुङको हत्या गरेको र अन्य तिनजना सेनाको घेरा तोडेर भाग्न सफल भएको बताउनु भयो ।

संविधान सभा सदस्य तेज कुमारी पौडेल (शितल )ले देशको आमुल परिर्वतनको लागि लडेर सहिद भएकाहरुपनि पार्टीका सहिदको रुपमा हेरिदा दुःखलाग्ने गरेको बताउनु भयो । देशको परिर्वतनको लागि लडेको महान सहिदहरु सवै पार्टी र देशकै सहिद हुने उहाँको भनाई थियो । माओवादी नेतृ निर्मला क्रान्ति, नेकपा एमाले वडानं ३१ का वडाध्यक्ष गणेश थापा ,एमाले नेता गोकर्ण तिवारी, स्थानीय रुद्ध अधिकारीले सहिदहरुले देखेको सपना पुरा गर्ने बाटोमा सवैलाग्नु पर्नेमा जोड दिनु भएको थियो ।

कसैले स्विकार गरेपनि नगरेपनि देशमा राजनैतिक परिवर्तनको लागि जनयुद्धको बेला सहिद भएकाहरुको योगदान महत्वपूर्ण रहेको उहाँहरुको भनाई थियो । माओवादी केन्द्रका ३१ का सचिव कृष्ण प्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा भिमबहादुर गुरुङ र सहिदकी छोरी गंगा तिवारी लगायतले आआफ्नो भनाई राख्नुभएको थियो ।

Comments
Loading...