बाग्लुङमा पहिरोमा परी दुई तथा घर भत्किदा एक बालकको मृत्यु

पोखरा,१३ साउन । बाग्लुङमा गएरातिको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने घर भत्किदा अर्का एक बालकको ज्यान गएको छ ।

तमानखोला गाउँपालिका–२ खोलेश्वाङ बस्ने पान बहादुर बि.क.को घरमा ३० मिटर माथिबाट पहिरो आई घरको आधा भाग पहिरोले पुरिन जाँदा घरमा सुतिरहेका पानबहादुरका छोरा खिमबहादुर तथा छोरी १६ वर्षीया रीता विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुरिएका दुबै जनालाई जनालाई मृत अवस्थामा फेला पारि निकालिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । त्यसैैगरी बाग्लुङ निसिखोला गाउँपालिका–१ हर्पे बस्ने कमल परियारको ढुङगा माटोले बनेको ढुङगाको छानो भएको कच्ची घर भत्किदा उनका छोरा तीन वर्षीय समिरको ज्यान गएको छ ।

परियाको श्रीमति र एक÷एक छोरा छोरी सुतिरहेको अवस्थामा अविरल वर्षाको कारण घर भत्किदा बालक घरभित्र पुरिएका थिए ।
प्रहरी टोलीले उद्दार गर्ने समिरलाई मृतावस्थामा फेला पारेको थियो ।

Comments
Loading...