बन्दाबन्दीले बन्द गण्डकीका होमस्टे सञ्चालनमा आउने

पोेखरा,१३ साउन । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकीले प्रदेशभित्र भएका सामुदायिक होम स्टेहरुलाई साउन १५ गतेदेखि संचालन गर्न अनुरोध गरेको छ ।

कोरोना भाईरस (कोभिड–१९ ) को प्रकोप न्यूनीकरण गर्न गत चैत ११ गते बाट आह्वान बन्दाबन्दी साउन ७ गतेबाट खुला गरिएपछि होमस्टे सञ्चालनमा ल्याउन लागिएको हो ।

पर्यटकीय सेवाका व्यवसायहरुलाई साउन १५ गतेदेखि स्वास्थ्यका आवश्यक सतर्कता अपनाई स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण रूपमा पालना गरी व्यवसायहरु सञ्चालन गर्न अनुमति प्राप्त भएकाले होमस्टेहरु संचालन गर्न भिटोफले विज्ञप्ती मार्फत सरोकारभएकाहरुसँग आग्रह गरेको छ ।

प्रदेश अध्यक्ष नवराज अधिकारीले जारी गरेको विज्ञप्तीमा विषम परिस्थितिको अवस्थामा सरकारले जारी गरेको बन्दाबन्दीको पूर्ण पालना गर्नु भएकोमा होमस्टे संचालकहरु प्रति आभार व्यक्त गर्दै सुचारु पश्चात पनि आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखी प्राकृतिक प्रकोप जोखिमबाट सुरक्षित बनी भिडभाड नगरी सेवा सुचारु गर्नु हुन अनुरोध गरिएको छ ।

Comments
Loading...