मनकारी दाहाल : कोभिडका समयमा खटिदाको भत्ता कोरोना कोषमा जम्मा गरे

पोखरा, साउन । कोरोना कहरले देशको सबै क्षेत्र अस्तव्यस्त बन्यो । महामारीको रुपमा फैलिएको कोरोना रोकथामका लागि सरकारले लकडाउन आह्वान गरेर जनतालाई सुरक्षित राख्न सबै स्थानीय तहमा स्वास्थ्यकर्मीलाई अग्रपंक्तिमा खटायो ।

यसरी विषद्मा सक्रियतापूर्वक खटिने स्वास्थ्यकर्मीहरुलाई सरकारले थप सुविधा समेत दिएकोमा कतिपयले सुविधा कम भएको गुनासा पनि राखे ।

तर कास्कीको माछापुच्छ«े गाउँपालिकामा खटिएका एक मनकारी स्वास्थ्यकर्मीले कोरोना नियन्त्रणमा खटिएबापत बापत प्राप्त गरेको भत्ता रकम कोरोना कोषमानै जम्मा गरेका छन् ।

गाउँपालिकाको स्वास्थ्य शाखामा जनस्वास्थ्य अधिकृतका रुपमा कार्यरत डिल्लीराम दाहालले कोभिडमा खटिएबापत नियमित तलब बाहेक प्राप्त भएको रु २० हजार १७९ भत्तामा रु दुई हजार थपेर उनले गाउँपालिकामा स्थापना गरिएको कोरोना रोकथाम,व्यवस्थापन तथा उपचार कोषमा रु २२ हजार २०० जम्मा गरेका हुन् ।

गाउँपालिकाले कोरोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीहरुलाई उनीहरुले खाइपाई आएको तलबमा थप २५ प्रतिशत प्रोत्साहन भत्ता उपलव्ध गराउने निर्णय गरेको थियो ।

“कोरोना अवधिमा समेत हामीले विशेष के पो काम गरेका छौँ र ? जनतालाई रोगबाट सुरक्षित राख्ने हाम्रो नियमित कामनै त हो नि, यसबापत मासिक तलब बुझेकै छौँ । ” दाहालले भने,“नियमित कामका लागि मासिक तलबनै आएको छ भने अतिरिक्त किन चाहियो र । स्वास्थ्यकर्मी पनि यही समुदायका सदस्य नै हुन खुशी र दुःख बाड्न सक्नु पर्दछ ।”

अहिलेको समय महामारी र बाढी पहिरोले देश आक्रान्त भएको र माछापुच्छ्े गाउपालिकामा पनि पहिरोबाट तीन जनाको ज्यान गएको अवस्थामा विपद् व्यवस्थापनमा पालिकालाई सहयोगका लागि सो सहयोग कोषमा जम्मा गरेको दाहालले बताए

Comments
Loading...