स्वास्थ्य मापदण्ड पूरा गर्दै पाल्पाका विद्यालयमा पढाइ शुरु

पाल्पा,१३ साउन । कोभिड–१९ को सङ्क्रमणको त्रासका कारण गत चैतदेखि मुलुकभरका विद्यालयहरुको पठनपाठन बन्द रहेको बेला यहाँका विभिन्न विद्यालयले पढाउन सुरु गरेका छन् ।

कोभिड(१९ को सङ्क्रमण फैलिन नदिन गरिएको बन्दाबन्दीका कारण बन्द भएका विद्यालयले स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालनमा ल्याइएको विद्यालयले जनाएको छ ।

रामपुर नगरपालिकामा रहेका केही निजी विद्यालयले प्राथमिक तह माध्यामिक तहलाई पालो अनुसारको पढाइ शुरु गरेका छन् । निजी विद्यालय केहीले बिहान ७ बजेदेखि र केहीले ९ बजेदेखि शुरु गरेर कक्षा विभाजन गरी तीन रतीन घण्टा पढाइ सञ्चालन गरेका छन् ।

रामपुर अङ्ग्रेजी आवासीय विद्यालयले बिहान हात धोएर, स्यानीटाइजर तथा मास्कको प्रयोग गरी विद्यालय पुगेका विद्यार्थीलाई एक बेञ्चमा दुईका दरले राखेर पढाउन शुरु गरेको छ ।

Comments
Loading...