बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सिआइबीको फन्दामा

काठमाडौँ,१३ साउन । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले दोषी ठहर गरी फरार भएका एक व्यक्तिलाई आज प्रहरीले अदालतमा पेश गरेको छ ।

मुद्दामा दोषी ठहर भएर पनि कैद भुक्तानी बेरुजु रही फरार भएका नुवाकोट थानापति घर भई हाल ललितपुर महानगरपालिका–१४ बस्ने ४३ वर्षीय पारस लोहनीलाई प्रहरीले सोमबार पक्राउ गरी आज ललितपुर जिल्ला अदालतमा पेश गरेको हो ।

काठमाडौँको मातातीर्थमा लुकीछिपी बसिरहेको भन्ने सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको ब्यूरोले जनाएको छ । उनलाई आवश्यक प्रक्रिया पूरा गरी आज अदालतमा उपस्थित गराइएको ब्यूरोले जनाएको छ ।

Comments
Loading...