गण्डकी प्रदेशमा कोरोना संक्रमित १४३० पुगे

मंगलबारमात्र थप ३१ जनामा नयाँ संक्रमण पुष्टि

पोखरा,१३ साउन । गण्डकी प्रदेशमा कोरोना संक्रमित बढेका छन् । साउनको पहिलो साता संक्रमितको संख्या केही घटेपनि बन्दाबन्दी खुलेसँगै संक्रमित हुनेको संख्या बढेको छ ।

मंगलबारमात्र थप ३१ जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । यसँसँगै प्रदेशमा कोभिड संक्रमितको संख्या एक हजार ४३० पुगेको छ ।

मंगलबार स्याङ्जामा २५ र बाग्लुङमा ६ जनामा संक्रमण देखिएको निर्देशनायले जनाएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण देखिएको र सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रदेशमा हालसम्म कोरोना संक्रमित एक हजार २१७ जना विभिन्न अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् भने चार जनाको मृत्यु भएको छ ।

Comments
Loading...