मोबाइल रिचार्ज गर्दा पनि २ प्रतिशत स्वामित्व शुल्क

काठमाडौं । अब पोष्टपेड मोबाइल रिचार्जमा दुई प्रतिशत स्वामित्व कर लाग्ने भएको छ । बजेटमा गरिएको व्यवस्था अनुसार टेलिकमले ग्राहकसँग अतिरिक्त कर लिन थालेको हो ।

केही दिनदेखी पोष्टपेड मोवाइल बाहकहरुकोमा कर लाग्ने सन्देश टेलिकमले पठाइरहेको छ । नेपाल टेलिमको पोस्टपेड सिमकार्ड बाहकलाई केही दिनदेखि सन्देश आइरहेको छ, ‘अब प्रत्येक रिचार्जमा २ प्रतिशत ‘स्वामित्व शुल्क लाग्ने छ ।’ अर्थात् अब पोष्टपेड मोबाइल रिचार्ज गर्दा कर लाग्छ । यस्तो कर रिचार्ज गरेकै बेलामा काटिनेछ ।

नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीका अनुसार यस्तो कर यसअघि प्रिपेड सिमबाहकसँग मात्र लिइन्थ्यो । तर यो वर्ष बजेटमा सरकारले सबै खालका मोबाइल सेवाको सिम तथा रिचार्जमा २ प्रतिशत स्वामित्व शुल्क लिने घोषणा गरेको थियो ।

यसअनुसार आर्थिक ऐनले साउन १ गतेदेखि पोष्टपेडमा स्वामित्व कर लिने व्यवस्था गरेको थियो । टेलिकम कम्पनीले पोष्टपेडको रिचार्जमा स्वामित्व शुल्क लिन थालिसकेका छन् । तर ग्राहकहरुलाई भने अहिले जानकारी दिइरहेका छन् ।

Comments
Loading...