सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

काठमाडौँ  । नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग ९सिपिएल० खेल्नेबारे अन्योल भएको छ ।

सन्दीपले सिपिएल खेल्नका लागि अबको एक साताभित्र ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्ने छ । यसका लागि अहिलेसम्म उहाँको हवाई उडानको कुनै टुङ्गो लाग्न सकेको छैन ।

हवाई उडानको टुङ्गो लाग्न नसक्दा सन्दीपले सिपिएल खेल्न पाउनेबारे एकिन हुन नसकेको उहाँका व्यवस्थापक रमन सिवाकोटीले बताउनुभयो । “ट्रिनिडाड एण्ड टोबागो कसरी पुग्ने भन्नेबारे सोच्नै सकिएको छैन”, उहाँले भन्नुभयो, “सिपिएल खेल्नका लागि सन्दीप साउन १७ गतेसम्म पुगिसक्नु पर्ने हुन्छ”, सिवाकोटी नेपाली क्रिकेट टोलीको भिडियो एनालिस्ट पनि हुनुहुन्छ ।

सरकारले गत बुधबार बन्दाबन्दीको अन्त्य गरे पनि अन्तर्राष्ट्रिय हवाई उडान भने कोरोना भाइरसको कारण आगामी भदौ १ गतेदेखि मात्र खोल्ने निर्णय गरेको छ । सरकारको उक्त निर्णयका कारण सन्दीपलाई क्रिकेट खेल्नका लागि विदेश जान समस्या भएको हो ।

Comments
Loading...