स्थानीय तहका कार्यक्रममा खेलकूद : ‘हाइ अल्टिच्युड’ र स्थानीयस्तरको रङ्गशाला

पोखरा,१४ साउन । कास्कीका पाँच वटै स्थानीय तहले चालू आर्थिक वर्षको कार्यक्रममा खेलकूदका कार्यक्रम समावेश गरेका छन् ।
खेल पूर्वाधार निर्माण तथा प्रतियोगिता सञ्चालनका लागि पालिकाले बजेट छुट्टाएका छन् ।

पोखरा महानगरपालिकाले वडा नम्बर २० को मौजामा हाइअल्टिच्युड(उच्च पर्वतीय) खेल मैदान निर्माणका लागि रु ५० लाख बजेट विनियोजन गरेको उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिइन् । समुन्द्री सतहबाट एक हजार ७०० मिटर उचाईमा निर्माणाधीन सो खेल मैदानमा आवश्यक पूर्वाधार निर्माणलाई निरन्तरता दिन महानगरले सो रकम विनियोजन गरेको हो ।

उच्च पर्वतीय खेल मैदान निर्माण गरी खेल पर्यटनको विकास गर्ने योजना सहित महानगरले चालू आवदेखी काम शुरु गरेको हो ।
महानगर युवा परिषद् तथा खेलकूद विकास समिति गठन र सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको जनाइएको छ । महानगरले खेलकूद पत्रकार मञ्चले आयोजना गर्ने स्पोर्टस अवार्डका लागि समेत रु दुई लाख बजेट छुट्टाएको छ ।

त्यसैगरी ‘स्वास्थ्यका लागि व्यायाम’ मा जोड दिँदै टोल तथा उद्यानहरुमा खुला व्यायामशाला निर्माण गर्ने कार्यलाई निरन्तरता दिँदै १० स्थानमा व्यायाम सामग्री जडानको लागि बजेट व्यवस्था गरिएको उपप्रमुख गुरुङले बताइन् । महानगरले पोखराको गौरवको रुपमा स्थापित ‘पोखरा म्याराथन’ तथा उत्कृष्ट वर्ष खेलाडी छनोट गरी अर्वाड प्रदान गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको जनाएको छ ।

माछापुच्छ«े गाउँपालिकाले युवा तथा खेलकूद मन्त्रालय र अखिल नेपाल फुटबल सङ्घ(एन्फा) को समन्वयमा गाउँपालिकाको वडा नं. ६ भेडाबारीमा एन्फाको टेक्निकल सेन्टर निर्माणका लागि आवश्यक सहजीरकण गर्ने भएको छ ।माध्यमिक विद्यालयस्तरीय खेलकूद प्रतियोगिता(राष्ट्रपति रनिङ शिल्ड) निरन्तरता दिँदै गाउँपालिकाको एक महत्वपूर्ण खेलकूद उत्सवको रुपमा मनाइनका लागि रु १० लाख छुट्टाएको छ ।

एक स्थानीय तह एक खेल ग्राम’ कार्यक्रम अन्तर्गत सङ्घीय सरकार, प्रदेश सरकार र गाउँपालिकाको सहकार्यमा वडा नं ४ निर्माण भइरहेको स्थानीय स्तरको रङ्गशालामा आवश्यक पूर्वाधार निर्माणमा जोड दिइएको गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङले बताए । त्यसैगरी नौ वडा रहेको माछापुच्छ«ेमा ‘एक वडा एक खेलकूद मैदान’को अवधारणालाई क्रमशः कार्यन्वयन गरिंदै लगिने उल्लेख छ ।

रुपा गाउँपालिकाले सङ्घीय सरकारसँगको सहकार्यमा निर्माणाधीन स्तरीय प्यारापिट सहितको रङ्गशाला आगामी वर्षभित्रमा सम्पन्न गर्न जोड दिएको छ । गाउँपालिकासँगको सहकार्यमा निर्माणाधीन सो रङ्गशाला आगामी वर्षभित्रमा सम्पन्न गरिने र गाउँपालिका भित्रका सबै वडामा खेल मैदान बनाउने कार्यक्रमलाई बजेटमा निरन्तरता दिइएको अध्यक्ष नवराज ओझाले बताए ।

अन्नपूर्ण गाउँपालिकाले खेलकूद पूर्वाधार संरचनाहरुको निर्माणलाई बजेट कार्यक्रमको प्राथमिकतामा राखेको छ । युवा तथा खेलकूद मन्त्रालयको सहकार्यमा वडा नं २ मा अवस्थित माछापुच्छ«े माविको खेल मैदानलाई गाउँपालिकाले स्थानीय स्तरको खेलग्राम(रङ्गशाला)को रुपमा विकास गर्ने गरी आवश्यक काम अघि बढाईएको जनाएको छ ।

युवा क्लब तथा विभिन्न सामाजिक सङ्घ सस्थाहरुको संस्थागत क्षमता अभिवृद्धि एवम् खेलकुद पूर्वाधार संरचनाहरुको निर्माणलाई बजेट कार्यक्रममा समावेश गरिएको गाउँपालिका अध्यक्ष युवराज कुँबरले बता । मादी गाउँपालिकाले विभिन्न खेलकूद प्रतियोगिता आयोजना,सहयोग तथा युवा, खेलकूद र संस्कृति संरक्षण शीर्षकमा रु १७ लाख बजेट विनियोजन गरेको उपाध्यक्ष विष्णुमायाँ आचार्यले जानकारी दिइन् ।

Comments
Loading...