राजु परियारको ”नरोन ए न्याउली चरी” सार्वजनिक

काठमाडौं, १४ साउन । राजु परियारको ”नरोन ए न्याउली चरी” बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा राजु परियार र पारु खड्काको आवाज रहेको छ । कल्पित मिनु कार्कीको शब्द गरेको गीतको विष्णु विसीको लय रहेको छ ।

नारायण दंगालले एरेन्ज गरेको गीतको निर्देशन विष्णु बिसीले गरेका छन् ।  दिपक विष्टले सम्पादन गरेको गीतको छायँकन सागर गौतमले र कोरियोग्राफर दिलिप राईको छ ।

गीतको भिडियोमा विमल अधिकारी, सारिका केसी, दुर्गा केसी, असिना पोखरेल, आशा, जिसी, नयन बरालको अभिनय रहेको छ ।

Comments
Loading...