डिस्चार्ज भए ऐश्वर्या र आराध्या

काठमाडाैं,  साउन । बलिउड नायिका ऐश्वर्या राय र उनकी छोरी आराध्या डिस्चार्ज भएका छन् ।

अभिषेक बच्चनले सामाजिक संज्जाल ट्विटर मार्फत ऐश्वर्या र आराध्याको रिपोर्ट नेगिटिभ आएको जानकारी दिएका छन् ।अभिषेकले ट्विटमा लेखेका छन्–‘सबैको आर्शिवादका लागि धन्यवाद । ऐश्वर्या र आराध्यको रिपोर्ट नेगिटिभ आएको छ । उनीहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । म र मेरो पिता मेडिकल स्टाफको निगरानीमा छौं ।’

४६ बर्षिया ऐश्वर्या र ८ बर्षकी आराध्याको जुलाई १२ मा रिपोर्ट पोजिटिभ आएपछि जुलाई १७ मा नानावती अस्पतालमा भर्ना भएका थिए ।उनीहरु १० दिन अस्पताल बसेपछि डिस्चार्ज भएका हुन् । ऐश्वर्याका पति अभिषेक र ससुरा अमिताव बच्चन अस्पतालमै रहेका छन् ।

Comments
Loading...