लकडाउन अन्त्यपछि बुद्धको घुमफिर प्याकेज

काठमाडौँ,१४ साउन । कोरोना संक्रमण रोेक्न आह्वान गरिएको बन्दाबन्दी अन्त्यपछि उडानका लागि बुद्ध एयरले घुमफिर प्याकेज ल्याएको छ।
बुध्द होलिडेजले पोखरा र चितवनका लागि प्याकेज ल्याएको हो। बुद्ध एयरको भगिनी संस्था बुध्द होलिडेजले स्थानीय होटलहरुसँग सहकार्यमा उक्त प्याकेज ल्याइएको जनाएको छ । एयरलाइन्सले बुध्द होलिडेज मार्फत् उक्त प्याकेज ल्याएको हो।

कोभिडविरुद्धका सुरक्षा निर्देशिका ल्याएर पनि पूर्वअभ्यास पनि गरिसकिएको र यसबाट सुरक्षित उडान तथा यात्रा हुने होलिडेजले आश्वस्त पारेको छ।

‘दुई रात तीन दिने पोखरा प्योकजको मूल्य ५ हजार ९९९ रुपैयाँ रहेको छ। काठमाडौंबाट दुईतर्फी हवाई टिकट, तारे होटेलको बसाई, बिहानको खाजा, पोखरा एयरपोर्टबाट होटेल र फेरि फर्किँदा एयरपोर्टको गाडी सुविधा समावेश गरिएको छ ।

चितवनको पनि दुई रात तीन दिने प्योकजको मूल्य सात हजार ९९९ रुपैयाँ रहेको छ ।दुईतर्फी हवाई टिकट, तीनतारे होटेलको बसाई, बिहानको खाजा, चितवन एयरपोर्टबाट सौरहा होटेल र फेरि फर्किदा एयरपोर्टको गाडी सुविधा समावेश गरिएको होलिडेजका सिईओ आस्था बस्नेतले जानकारी दिइन्।

सुरुमा आन्तरिक पर्यटकलाई चलायमान तथा प्रवद्र्धन गरी सेवा सुरक्षित छन् देखाई विदेशी पर्यटकलाईसमेत भित्र्याउनु रहेको बस्नेतले बताइन् ।

Comments
Loading...