कास्कीमा १४ सहित गण्डकीमा थपिए ३८ कोरोना संक्रमित

पोखरा,१५ साउन । कास्कीमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ती जारी गरी कास्की सहित प्रदेशका विभिन्न ६ जिल्लामा ३८ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । कास्कीमा संक्रमित सबै पोखरा महानगरभित्रका छन् । संक्रमितमा स्याङजामा ११, बाग्लुङमा ६, तनहुँम तीन लमजुङमा २ र नवलपरासीमा १ जना छन् ।

पछिल्ले विवरण सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ४७९ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको थियो। संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट  निको हुनेको संख्या एक हजार २३० रहेको छ भने चार जनाको मृत्यु भएको छ ।

Comments
Loading...