सम्पन्न श्रेष्ठ राखेप सदस्यमा मनोनित

पोखरा,१५ साउन । तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ राष्ट्रिय खेलकूद परिषद्(राखेप)को सदस्यमा मनोनित भएका छन् ।

युवा तथा खेलकूदमन्त्री एवं राखेपका अध्यक्ष जगतबहादुर विश्वकर्माले आज श्रेष्ठ  सहित छ जनालाई सदस्य पदमा मनोनित गरेका हुन् ।

राष्ट्रिय खेलकूद विकास ऐन २०७७ को अनुसार राष्ट्रिय खेल संघको सिफारिसमा बाग्लुङ बिउँ–४ स्थायी ठेगाना रहेका श्रेष्ठलाई मन्त्रालयले मनोनित गरेको हो ।

समितिमा खेलकूद विज्ञ,खेलकूद प्राविधिक, प्रशिक्षक तथा एन्टी डोपिङ लगायत मध्येबाट सदस्य नियुक्ती गरिएको हो । चितवनका रिम रानाभाट, ओखलढुङ्गाका इन्दिरा निरौला, खेल संघको तर्फबाट काठमाडौँका अर्जुन केसी, चितवनका सुवास श्रेष्ठ र परम्परागत साहसिक तथा पर्यटकीय खेल क्षेत्रबाट नुवाकोटका गोविन्द प्रसाद भट्टराईलाई राखेप सदस्यमा मनोनित गरिएको मन्त्रालयलका सूचना अधिकारी यमेन्द्र उपाध्यायले जानकारी दिए ।

Comments
Loading...