कास्कीका संगठकले सम्झिए शहीद झपेन्द्रलाई

पोखरा,१६ साउन । नेपाल निजामती कर्मचारी सङ्गठन कास्कीले शहीद झपेन्द्र कार्की लगायत नेपालको पेशागत आन्दोलनमा शहादत प्राप्त गर्ने शहीदहरुको स्मृतिमा विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

कोभिड १९ को प्रकोपका कारण सामाजिक दुरी कायम गर्दै ब्यक्तिगत सुरक्षाका उपायहरु अपनाई सङ्गठकहरुले श्रावण १४ गते बिहान झपेन्द्र स्मृति पार्कमा सरसफाइ तथा बिरुवाहरु गोडमेल गरे भने श्रावण १५ गते बेलुकी ६ः०० बजे शहिद झपेन्द्रको शालिकमा दीप प्रज्वल गरी श्रद्धाञ्जली सभा आयोजना गरी शहीद मनोज जोशी, झपेन्द्र कार्की र सुरेन्द्र बिक प्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

कार्यत्रक्रममा नेकपा कास्कीका कार्यालय सदस्य दामोदर बैरागी शहिदहरुको शहादतबाट प्राप्त हक अधिकारलाई सस्थागत गर्दै सुखी नेपाली र समृद्धि नेपाल अभियानमा वर्तमान सरकार लागि परेको भन्दै निजामती कर्मचारीहरुको माग र मुद्धामा आफ्नो सहमति रहेको बताए ।

संगठनका केन्द्रीय सदस्य एबम आधिकारीक ट्रेड युनियन कास्कीका अध्यक्ष भरत भुसालले शहिदहरुलाई राष्ट्रिय शहिद घोषणा गराउन आधिकारिक ट्रेड युनियन सफल भएको बताए ।

अध्यक्ष अशोक खनालको अध्यक्षता र सचिव रामचन्द्र पहारीको सञ्चालनमा भएको कार्यक्रममा अग्रज सङ्गठक, बर्तमान पुर्व केन्द्रीय सदस्य, आधिकारीक ट्रेड युनियनका सदस्य, कार्यसमितिका सदस्य, राष्ट्रसेवक सहकारीका अध्यक्ष एबम सदस्य, सङ्गठनका सदस्य एवं शुभचिन्तकहरु, शहिद झपेन्द्र कार्कीका सुपुत्र दिपक जङ्ग कार्की, सहिद परिवार, झपेन्द्र स्मृति पार्क निर्माण समितिका सदस्य एबम सहयोगदाता र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

Comments
Loading...