नेकपा स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि स्थगन

काठमाडौँ,१३ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आजका लागि तय भएको स्थायी कमिटी बैठक स्थगन भएको छ। विहान ११ बजेका लागि तोकिएको बैठक सूचना टाँसेर स्थगन गरिएकोे थियो ।

पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिएपछि नेकपाभित्र विवाद उत्पन्न भएको छ । विवादकै कारण नेकपा बैठक लगातार स्थगन हुँदै आएएको छ ।

Comments
Loading...