सिलवाल पुनः राखेप सदस्य सचिव

पोखरा,१३ साउन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिवमा रमेशकुमार सिलवाल पुनः नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ४ वर्षका लागि सिलवाललाई सदस्यसचिवमा नियुक्त गरेको हो ।

नेपाल भलिबल संघको सिफारिसमा यसअघि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माबाट सदस्य सचिव नियुक्त उनी यसपालि भने प्रतिष्पर्धामा परेका थिए । उनी यसपटक नयाँ खेलकुद विकास ऐन २०७७ का आधारमा छनोट भएका हुन् । उनको पुनः नियुक्तिसँगैै प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना अनुसार उनी सदस्य सचिव बनेको चर्चा चलेको छ।

नयाँ ऐन अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको सिफरिस समितिले पठाएको एक महिलासहित ३ जनाको नाममा सिलवाल थिए । समितिले राष्ट्रिय महिला भलिबल टोली पूर्व कप्तान अञ्जु श्रेष्ठ, नेपाल भलिबल संघका पूर्व उपाध्यक्ष नेकपाका नेता लिलबहादुर थापासहित सिलवालको नाम सिफारिस गरेको थियो । सदस्यसचिव बन्न २७ जनाले आवेदन दिएका थिए ।

Comments
Loading...