मलेसियाका पूर्वप्रधानमन्त्री अबौँ डलर भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ, १३ साउन । मलेसियाका पूर्व प्रधानमन्त्री नजीब राजाक अर्बौं डलरको भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् ।

मलेसियाको वान एमडीबी नामक सरकारी कोषमा भएको भ्रष्टाचारको मामिलामा नजीबले आफ्नो शक्तिको दुरुपयोग गरेको पाइएको हो ।
रजाकमाथि यस्ता कम्तीमा तीन मुद्दा चलिरहेका छन् । जसमध्ये पहिलो मुद्दाको फैसला आएको हो ।

Comments
Loading...