पोखरामा तत्कालै कम्तिमा एक हप्ता लकडाउन वा निशेधाज्ञा लगाउन दलहरुको सुझाव

पोखरा,३२ साउन । कास्कीका राजनीतिक दलहरुले कोरोना संक्रमण बढेको भन्दै कम्तिमा एक हप्ता र त्यसपछि आवश्यकता अनुसार सो भन्दा बढी समेत लकडाउन वा निशेधाज्ञा लगाउन सुझाव दिएका छन् ।

पोखरा महानगर प्रमुख मानबहादुर जिसीले आज आह्वान गरेको सर्वदलीय बैठकमा दलका नेताहरुले संक्रमणको दर बढेको, चाडबाढ नजिकिदा झन् मानिसको गतिविधि बढ्ने तथा आइसोलेसन कक्ष समेत भरिएको अवस्थालाई मध्यनजर गरी कडा खालको लकडाउन गर्न सुझाव दिएका छन् ।

दलहरुले मानिसहरुले लकडाउन यसअघि समेत सामना गरिसकेकाले त्यसभन्दा कडा निषेधाज्ञानै लगाउनु आवश्यक भइसकेकाले महानगरलाई जिल्लास्तरीय सिसिएमसीसँग समन्वय गरेर तत्काल घोषणा गर्न सुझाव दिइएको नेकपा कास्कीका सचिव बखानसिँह गुरुङले जानकारी दिए ।

सचिव गुरुङले भने,“महानगरका ३१ वडामा कोरोना संक्रमण देखिएको छ, हाल कोरोना सङ्क्रमणको अवस्था र तत्काल आउदै गरेका चाडपर्वहरुमा हुन सक्ने भिडभाडलाई मध्यनजर गरी कम्तीमा १ हप्ता र आवश्यकता अनुसार सो भन्दा बढी समय भए पनि सम्बन्धित सबै निकाय सङ्ग समन्वय गरी प्रभावकारी बन्दाबन्दी वा निशेधाज्ञा लगाउन सुझाव दिइयो ।”

Comments
Loading...