पत्रकार दुर्गा भण्डारी प्रेस काउन्सिल सदस्यमा नियुक्त

पोखरा,३२ साउन । पोखराका पत्रकार एवं कानून व्यवसायी दुर्गा भण्डारी प्रेस काउन्सिलको सदस्यमा नियुक्त भएकी छन् ।सञ्चार सूचना तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले भण्डारीलाई काउन्सिलमा नियुक्त गरिएको हो ।

भण्डारीले २०५२ सालदेखि काठमाडौंबाट प्रकाशित जनआस्था साप्ताहिकबाट पत्रकारिता गरेकी थिइन् ।भण्डारी प्रेस चौतारी नेपालका पूर्व सचिव, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य र पोखराबाट प्रकाशित हुने कास्की सन्देश साप्ताहिकको सम्पादक समेत भइन् ।

भण्डारीले पोखरा एफएम, माछापुछ्रे एफएम, पोखरा हट्लाइन दैनिक, पोखरापत्र दैनिक, सौर्य साप्ताहिक, माइक्रो न्यूज दैनिकमा पनि काम गरेकी थिइन् ।

Comments
Loading...