पोखरामा एक साता निषेधाज्ञा जारी गरिने, भोली विहान निर्णय हुँदै

पोखरा,३२ साउन । कोरोना संक्रमण बढेपछि पोखरामा कडा खालको लकडाउन वा निषेधाज्ञा बारे भोली सोमबार विहान निर्णय हुने भएको छ ।

पोखरा महानगरमा गठित कोरोना रोकथाम, व्यवस्थापन तथा नियन्त्रण मूल समितिको बैठकले निर्णय गरी निषेधाज्ञाका लागि जिल्ला प्रशासनमा सिफारिस गरेपछि प्रशासनले महानगरभर निषेधाज्ञा जारी गर्ने महानगरपालिकाले जनाएको छ ।

महानगरले भदौ २ देखी आठ गतेसम्म कडा खालको निषेधाज्ञाको तयारी गरेको छ । कास्कीका राजनीतिक दलहरुले समेत आज कोरोना संक्रमण बढेको भन्दै कम्तिमा एक हप्ता र त्यसपछि आवश्यकता अनुसार सो भन्दा बढी समेत लकडाउन वा निषेधाज्ञा लगाउन महानगरलाई सुझाव दिएका छन् ।

महानगर प्रमुख मानबहादुर जिसीले आह्वान गरेको सर्वदलीय बैठकमा दलका नेताहरुले संक्रमको दर बढेको, चाडबाढ नजिकिदा झन् मानिसको गतिविधि बढ्ने तथा आइसोलेसन कक्ष समेत भरिएको अवस्थालाई मध्यनजर गरी कडा खालको लकडाउन गर्न सुझाव दिएका दिए ।

Comments
Loading...