विद्युत् प्राधिकरण हालसम्मकै सर्वाधिक नाफामा

काठमाडौँ,१ भदौ । नेपाल विद्युत् प्राधिकरण सोमबारदेखि स्थापनाको ३४ वर्ष पूरा गरी ३५ वर्षमा प्रवेश गर्दैछ ।

नेपालको ऊर्जा उत्पादन र वितरणमा अग्रणी संस्था सन् २०२३ सम्ममा सम्पूर्ण नेपालीको घरधुरीमा विद्युत् पु¥याउने लक्ष्यका साथ प्राधिकरण अगाडि बढिरहेको छ ।

विगतमा घाटामा रहँदै आएको प्राधिकरणले आर्थिक वर्ष २०७३र७४ देखि नाफा गर्न सुरु गरेको हो । त्यसपछि क्रमशः नाफा वृद्धि गर्दै आएको छ । त्यसअनुसार आव २०७४र७५ मा दुई अर्ब ८५ करोड, आव २०७५र७६ मा नौ अर्ब ८१ करोड र आव ७०७६र७७ मा हालसम्मकै उच्च रु. ११ अर्ब पाँच करोड रुपियाँ नाफामा रहेको छ ।

neत्यस्तै आव २०७५र७६ मा प्रणाली चुहावट १५.३२ प्रतिशत रहेकोमा कोभिड–१९ बाट उत्पन्न प्रतिकूल परिस्थिति रहे पनि आव २०७६र७७ मा प्रणाली चुहावटलाई १५.२७ प्रतिशतमा सीमित राख्न सकिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उल्लेख गरेको समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Comments
Loading...