नेकपा सचिवालय बैठक : कार्यदलको अनुमोदन

काठमाडौँ,१ भदौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक आज बसेको छ ।

पार्टीभित्र देखिएको विवाद समाधानका लागि कार्यदल बनाइएपछि सचिवालय बैठक बसेको हो । बैठकले अध्यक्षद्वयले बनाएको कार्यदललाई अनुमोदन गरेको पार्टी पवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीमा देखिएको विवाद समाधानका लागि बिहीबार महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाएका थिए ।

वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ (प्रकाश)ले सचिवालयबाट गठन वा अनुमोदन गर्नुपर्ने बताएपछि त्यसअनुसार सोमबार बोलाइएको सचिवालय बैठकले कार्यदललाई अनुमोदन गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

Comments
Loading...