निषेधाज्ञा उल्लङघन गरेपछि प्रहरीद्वारा हवाई फायर

पोखरा,१ भदौ । कोरोना संक्रमण रोकथामका लागि चितवनमा जारी निषेधाज्ञा उल्लङघन गरेपछि प्रहरीले आज हवाई फायर गरेको छ ।

प्रहरीले चितवनको राप्ती नगरपालिका वडा नम्बर एक लोथरमा दुई सय भन्दा बढीको सङख्यामा स्थानीय उपस्थित भएपछि हवाइ फायर गर्नु परेको चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

जारी निषेधाज्ञा उल्लंघन गर्न खोजेपछि भिड तितर बितर गराउन प्रहरीले एक राउण्ड हवाई फायर गरेको थियो

Comments
Loading...