कोरोना संक्रमणबाट नेपालमा तीन जनाको मृत्यु

पोखरा,१ भदौ । कोरोना संक्रमणबाट आज नेपालमा थप तीन जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट मृत्यु हुनेमा रौतहट, काठमाडौं र मोरङका एक एक जना रहेका छन् ।

मृत्यु हुनेमा रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंका ५८ वर्षीय एक महिला रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।

Comments
Loading...