देशभर ५८१ कोरोना संक्रमित थपिए,सक्रिय संक्रमित १० हजार बढी

पोखरा,१ भदौ । पछिल्लो २४ घण्टामा देशभर ५८१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार नयाँ पुष्टि भएका संक्रमितहरुमा ४०८ पुरुष र  १७३ महिला छन् । त्यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १० हजार ६३९ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १६० जना डिस्चार्ज भएका छन् भने भने हालसम्म १७ हजार ४९५ जना डिस्चार्ज भएका छन् ।

 

Comments
Loading...